Logo

बिहिवार, श्रावण १४ गते २०८३

दुई सिफ्टमा राहदानीको सेवा विस्तार !

दुई सिफ्टमा राहदानीको सेवा विस्तार !

जोईन खबर

२९, बैशाख २०८०
  • 694
    SHARES
  • दुई सिफ्टमा राहदानीको सेवा विस्तार !

    २९ बैशाख काठमाडौ।विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुरु गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासन कार्यालय कपिलवस्तुले विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको हो । 

    images

    कार्यालयले हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । प्रशासन कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको जनाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो सिफ्ट बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्टले ११ बजेदेखि ६ बजेसम्म सेवा दिने बताउनुभयो ।सेवाग्राहीको चापलाई ध्यानमा राखी कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचनासमेत जारी गरेको छ।बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र दुर्य हजार रुपियाँदेखि छ हजारसम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । 


     
     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १५:०६:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको