१५ भदौ काठमाडौँ । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर पहिलो पोस्टिङका रूपमा रसुवाको टिमुरे पुगेका आयुष खड्का घर फर्किन नपाउँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको भेलमा परेका छन्। बाढीमा बेपत्ता भएका उनको शव केही दिनपछि चितवनमा भेटिएको छ।
सल्यान घर भएका आयुषले घर फर्किने अघिल्लो दिन नै आफ्नो झोला प्याक गरिसकेका थिए। घर जाने तयारीमा रहेका उनी भोलिपल्टै भोटेकोशीमा आएको बाढीमा परेपछि परिवारले उनको अवस्थाबारे कुनै खबर पाउन सकेको थिएन।
बाढीपछि खोजीका क्रममा चितवनमा उनको शव फेला परेको हो। घर फर्किने तयारीमा रहेका आयुषको यात्रा अन्ततः कहिल्यै घर नपुगी टुंगिएको छ।
उनको शवको पहिचान भएपछि परिवारमा थप पीडा थपिएको छ। आयुषको देवघाटमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।