Logo

शुक्रवार, भाद्र २६ गते २०८३

बारपाक सुलिकोट–४ हुडीफाँटमा शहीद प्रेम ढकाल स्मृति अस्पतालबाट नियमित स्वास्थ्य सेवा सञ्चालन

बारपाक सुलिकोट–४ हुडीफाँटमा शहीद प्रेम ढकाल स्मृति अस्पतालबाट नियमित स्वास्थ्य सेवा सञ्चालन

जोईन खबर

१५, भाद्र २०८३
  • 325
    SHARES
  • बारपाक सुलिकोट–४ हुडीफाँटमा शहीद प्रेम ढकाल स्मृति अस्पतालबाट नियमित स्वास्थ्य सेवा सञ्चालन

    १५ भदौ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ हुडीफाँटमा स्थापना भएको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।

    images

    स्थानीय बासिन्दालाई आफ्नै गाउँठाउँमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले ओपीडी (OPD) सेवा,२४ घण्टा आकस्मिक (Emergency) सेवा, फार्मेसी, प्रयोगशाला (Laboratory),दन्त सेवा (Dental), अल्ट्रासाउन्ड (USG) तथा ईसीजी (ECG) सेवा सञ्चालन गरिरहेको जनाएको छ।

    अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा उपलब्ध हुने भएकाले स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या परेका स्थानीयले सहज रूपमा उपचार सेवा लिन सक्नेछन्। साथै, आवश्यक बिरामीलाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा लैजान एम्बुलेन्स सेवा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ। अस्पतालको एम्बुलेन्स सेवाका लागि सम्पर्क नम्बर ९७६९४९४७६७ मा सम्पर्क गर्न सकिनेछ।

    स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार भएपछि बारपाक सुलिकोट गाउँपालिका–४ लगायत आसपासका बासिन्दालाई सामान्य उपचार तथा विभिन्न स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    अस्पतालले स्थानीय समुदायको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा नियमित र सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    “तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी” भन्ने भावनाका साथ सञ्चालनमा रहेको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालले स्वास्थ्य सेवाको आवश्यकता परेका स्थानीयलाई अस्पतालमा आई सेवा लिन आग्रह गरेको छ।

    प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - २२:१९:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको