Logo

शुक्रवार, भाद्र २६ गते २०८३

रसुवा, नुवाकोट र धादिङमा वाईसिएल नेपालको उद्धार तथा राहत अभियान तीव्र

रसुवा, नुवाकोट र धादिङमा वाईसिएल नेपालको उद्धार तथा राहत अभियान तीव्र

जोईन खबर

१६, भाद्र २०८३
  • 610
    SHARES
  • रसुवा, नुवाकोट र धादिङमा वाईसिएल नेपालको उद्धार तथा राहत अभियान तीव्र

    १६ भदौ काठमाडौं । बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा वाईसिएल नेपालले उद्धार, राहत तथा सरसफाइ अभियानलाई तीव्रता दिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै अस्थायी बसोबास र पुनःस्थापनाका काममा समेत संगठनले सक्रिय रूपमा परिचालन हुने जनाएको छ।

    images

    वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली तथा केन्द्रीय सचिव गणेश वि.क.को नेतृत्वमा रसुवाको धुन्चेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडितका लागि अत्यावश्यक राहत सामग्रीसहितको टोली दुई दिनको यात्रापछि धुन्चे पुगेको थियो।

    वाईसिएल नेपालका अनुसार टोलीले भदौ १६ गते धुन्चेस्थित होल्डिङ सेन्टरमा राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्री पाँच वटा गाडीमार्फत रसुवा पुर्‍याइएको थियो।

    टोलीले खाद्यान्न, ग्यास, पावर बैंक, मोबाइल, पेट्रोल, सोलार सामग्री, ओढ्ने–ओछ्याउने सामग्री, कपडा, चामल, चिउरा तथा सेनेटरी प्याडलगायतका अत्यावश्यक सामग्री प्रभावित नागरिकलाई उपलब्ध गराएको जनाएको छ।

    राहत सामग्री हस्तान्तरणपछि पनि अभियानलाई निरन्तरता दिने तयारी गरिएको वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता धिरज उपरकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार थप राहत सामग्रीसहित एक–दुई दिनभित्र पुनः रसुवा जाने तयारी भइरहेको छ।

    उपरकोटीका अनुसार प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै आगामी दिनको महत्वपूर्ण चुनौतीका रूपमा रहेको अस्थायी बसोबास व्यवस्थापनमा समेत वाईसिएल नेपाल सक्रिय रूपमा परिचालन हुने तयारीमा छ।

    यस्तै, नुवाकोटमा वाईसिएल नेपालका केन्द्रीय सदस्य जरन गजुरेलको नेतृत्वमा राहत वितरण तथा उद्धार कार्य जारी रहेको संगठनले जनाएको छ। प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा अन्य सहयोग उपलब्ध गराउँदै स्थानीयस्तरमा उद्धार तथा राहत अभियान सञ्चालन भइरहेको छ।

    त्यसैगरी, धादिङको बैरेनी तथा मलेखु आसपासका बाढी प्रभावित क्षेत्रमा वाईसिएल नेपालका स्वयंसेवकहरू दैनिक रूपमा उद्धार, राहत वितरण तथा सरसफाइ कार्यमा परिचालित भइरहेका छन्। बाढीका कारण घर तथा विभिन्न संरचनामा क्षति पुगेका क्षेत्रमा स्थानीय नागरिकसँगै स्वयंसेवकहरू सरसफाइ तथा पुनःस्थापनाको काममा जुटेका छन्।

    46c1d771-1a35-4a9a-84a2-59a3a800d8bb.jpg

    वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको अस्थायी बसोबास व्यवस्थापनमा समेत संगठनले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

    “विपद्को समयमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने र आवश्यक सहयोग लिएर जनताको दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता हो। तत्कालीन राहतसँगै अस्थायी बसोबास तथा पुनःस्थापनाका काममा पनि वाईसिएल नेपाल निरन्तर परिचालित हुन्छ,” अध्यक्ष ओलीले बताउनुभयो।

    2750aa53-8339-44ca-8fcc-7b3fed9cb2e6.jpg

    वाईसिएल नेपालले विपद् प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी आगामी दिनमा पनि राहत, उद्धार, सरसफाइ तथा अस्थायी बसोबास व्यवस्थापनका कामलाई निरन्तरता दिने जनाएको छ।

    बाढी–पहिरोबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री तथा सहयोग उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको अवस्थाअनुसार थप स्वयंसेवक परिचालन गर्ने तयारीसमेत भइरहेको संगठनले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - २२:२९:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको