Logo

शुक्रवार, भाद्र २६ गते २०८३

मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम, नाम्सी खोला पुलनजिक ढुंगा खसे

मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम, नाम्सी खोला पुलनजिक ढुंगा खसे

जोईन खबर

१८, भाद्र २०८३
  • 193
    SHARES
  • मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम, नाम्सी खोला पुलनजिक ढुंगा खसे

    १८ भदौ काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलनजिकै माथिबाट स–साना ढुंगा सडकमा खसेका छन् । सडकमा ढुंगा खसेपछि सडक डिभिजन कार्यालय भरतपुरको टोलीले ढुंगा हटाउने काम गरिरहेको जनाएको छ। ढुंगा हटाउने कार्यमा केही समय लाग्न सक्ने कार्यालयले जानकारी दिएको छ।

    images

    सडकको माथिल्लो भागबाट ढुंगा खसिरहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा थप सावधानी अपनाउन आवश्यक देखिएको छ। सडक डिभिजन भरतपुरले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर तथा आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

    मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षाका कारण पहिरो तथा ढुंगा खस्ने जोखिम रहने भएकाले यात्राका क्रममा सडकको अवस्थाबारे जानकारी लिएर अघि बढ्नसमेत सम्बन्धित निकायले आग्रह गरेको छ। ढुंगा हटाउने कार्य सम्पन्न भएपछि सडकमा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १०:५१:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको