Logo

शुक्रवार, भाद्र २६ गते २०८३

संसद्को सभाकक्षमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगिँदै

संसद्को सभाकक्षमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगिँदै

जोईन खबर

१८, भाद्र २०८३
  • 271
    SHARES
  • संसद्को सभाकक्षमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगिँदै

    १८ भदौ काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै ढलेका छन्। बिहीबार संसद् बैठक चलिरहेका बेला खड्का अचानक ढलेपछि कांग्रेसका सांसदहरू उनलाई उठाउन अघि सरेका थिए।

    images

    खड्का ढलेपछि सांसद सोम शर्मा बोलिरहेका थिए। घटनापछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई केहीबेर बोल्न रोकेका थिए। अवस्था सामान्य भएपछि सभामुखले शर्मालाई पुनः बोल्न अनुमति दिएका थिए।

    संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार खड्कामा उच्च रक्तचाप देखिएको छ। संसद् सचिवालयमै गरिएको प्रारम्भिक जाँचका क्रममा उच्च रक्तचाप देखिएको उनले जानकारी दिए।

    ‘त्यहीँ (संसद् सचिवालय) चेकजाँच गर्दा यस्तो देखिएको हो,’ गिरीले भने। उनका अनुसार खड्कालाई संसद् सचिवालयमा सामान्य परीक्षण गरेपछि थप उपचार तथा परीक्षणका लागि वीर अस्पताल लैजाने तयारी गरिएको छ। खड्काको स्वास्थ्य अवस्थाबारे थप विवरण वीर अस्पतालमा परीक्षणपछि मात्रै स्पष्ट हुने सचिवालयले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १६:१५:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको