Logo

शुक्रवार, भाद्र २६ गते २०८३

त्रिशूली बजारमा बाढीपछि वाईसिएलको श्रमदान, प्रभावित घरमा सरसफाइ

त्रिशूली बजारमा बाढीपछि वाईसिएलको श्रमदान, प्रभावित घरमा सरसफाइ

जोईन खबर

१९, भाद्र २०८३
  • 352
    SHARES
  • त्रिशूली बजारमा बाढीपछि वाईसिएलको श्रमदान, प्रभावित घरमा सरसफाइ

    १९ भदौ काठमाडौँ । रसुवाबाट आएको बाढीका कारण डुबानमा परेको नुवाकोटको त्रिशूली बजारमा वाईसिएल नेपालले सरसफाइ तथा माटो पन्छाउने अभियान सञ्चालन गरेको छ।

    images

    भदौ १९ गते वाईसिएलका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर बाढीले थुपारेको माटो, लेदो तथा फोहोर पन्छाउँदै घर तथा आसपासका क्षेत्रको सरसफाइ गरेका हुन्।

    बाढीका कारण घर तथा बजार क्षेत्रमा थुप्रिएको लेदो र फोहोरका कारण स्थानीयलाई दैनिक जनजीवनमा समस्या भइरहेको अवस्थामा स्वयंसेवकहरूले श्रमदानमार्फत सफाइमा सहयोग गरेका छन्।

    वाईसिएल नेपालले बाढीपीडितको उद्धार, राहत, सरसफाइ तथा पुनःस्थापनाका काममा आगामी दिनमा पनि श्रमदानलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - २२:०६:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको