Logo

शुक्रवार, भाद्र २६ गते २०८३

जेनजी शहीदकी आमा तथा संसद  खतिवडाले संसद् बैठकमार्फत सरकारलाई दुईवटा प्रश्न,यस्तो थियो प्रश्न

जेनजी शहीदकी आमा तथा संसद  खतिवडाले संसद् बैठकमार्फत सरकारलाई दुईवटा प्रश्न,यस्तो थियो प्रश्न

जोईन खबर

२४, भाद्र २०८३
  • 301
    SHARES
  • जेनजी शहीदकी आमा तथा संसद  खतिवडाले संसद् बैठकमार्फत सरकारलाई दुईवटा प्रश्न,यस्तो थियो प्रश्न

    २४ भदौ काठमाडौं । प्रधानमन्त्री बालेन शाह जेनजी स्मृति कार्यक्रममा सहभागी नभएपछि जेनजी शहीदकी आमा तथा प्रतिनिधिसभा सदस्य रचना खतिवडाले संसद् बैठकमार्फत सरकारलाई दुईवटा कडा प्रश्न गरेकी छन्।

    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष पूरा भइसक्दा पनि शहीद परिवार र घाइतेको पीडा सम्बोधनमा सरकार गम्भीर नदेखिएको गुनासो  सुनाए । उनले हिजो भदौ २३ गते नयाँबानेश्वरको संसद भवनमा जेनजी शहीदको सम्झनामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी हुन आग्रह गर्दासमेत उपस्थिति नजनाएको  समेत बताइन्।

    ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। जेनजी शहीदले देशलाई शहीद दिए, देशले एक दिन बिदा पायो,’ उनले भनिन्, ‘निमन्त्रणा दिएर केही त आइदिनुहोस्, केही त बोलिदिनुहोस्, केही त जेनजी शहीदको नाममा लेखिदिनुहोस् भनेर बिहान सात बजेदेखि भन्दा भन्दै बेलुकी सात बजे स्टाटस आयो। अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली।’

    उनले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘अब म यो सरकारलाई दुईवटा प्रश्न सोध्न चाहन्छु—शहीदले न्याय कति वर्षमा पाउँछ सरकाररु शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अबरु’

    जेनजी शहीद परिवार र घाइतेका माग कार्यान्वयनका विषयमा सरकारले यसअघि पनि छलफल र निर्णयहरू गर्दै आएको छ। तर पीडित परिवारका तर्फबाट भने निर्णय कार्यान्वयन र न्यायको सुनिश्चिततामाथि प्रश्न उठ्दै आएको छ।खतिवडाको प्रश्नले जेनजी आन्दोलनका शहीदलाई श्रद्धाञ्जली दिने औपचारिकताभन्दा उनीहरूका परिवारलाई न्याय र घाइतेलाई उचित सम्बोधन कहिले हुन्छ भन्ने विषयलाई पुनः बहसमा ल्याएको छ।

    प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १५:५६:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको