Logo

शुक्रवार, भाद्र २६ गते २०८३

कृष्णभीरमा सडक दुईतर्फी सञ्चालन हुन अझै १० दिन लाग्ने

कृष्णभीरमा सडक दुईतर्फी सञ्चालन हुन अझै १० दिन लाग्ने

जोईन खबर

२४, भाद्र २०८३
  • 205
    SHARES
  • कृष्णभीरमा सडक दुईतर्फी सञ्चालन हुन अझै १० दिन लाग्ने

    २४ भदौ काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि अवरुद्ध यातायात सञ्चालनमा आउन अझै कम्तीमा ९ देखि १० दिन लाग्ने भएको छ। सडक खुलाउन नयाँ ट्र्याक निर्माण गर्नुपर्ने भएकाले तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न नसकिने भएको हो।

    images

    भदौ १४ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सडक विभागले ४० जना श्रमिक र ९ वटा डोजर परिचालन गरी निरन्तर काम गरिरहेको छ। बाढीले सडकको ठूलो हिस्सा कटान गरेपछि नयाँ ट्र्याक निर्माण गरेर मात्रै यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको बताइएको छ।

    सडक खुलाउन तीव्र गतिमा काम भइरहेको भए पनि भौगोलिक अवस्था र नयाँ ट्र्याक निर्माणको कामका कारण दुईतर्फी यातायात सञ्चालनमा आउन अझै करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

    राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्। पृथ्वी राजमार्ग काठमाडौँ उपत्यकाको प्रमुख आपूर्ति मार्गसमेत भएकाले सडक अवरोधका कारण दैनिक उपभोग्य वस्तुको ढुवानी र आपूर्तिमा समेत प्रत्यक्ष असर परेको छ।

    सडक लामो समय अवरुद्ध हुँदा काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन सक्ने भन्दै व्यवसायी तथा यात्रुहरूले सडक शीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।

    प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १२:२२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको