Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एनएसी भवनमा बहुस्तरीय पार्किङ बनाउन महानगरले संघीय सरकारसँग माग्यो अनुमति

एनएसी भवनमा बहुस्तरीय पार्किङ बनाउन महानगरले संघीय सरकारसँग माग्यो अनुमति

जोईन खबर

२८, भाद्र २०८३
  • 424
    SHARES
  • एनएसी भवनमा बहुस्तरीय पार्किङ बनाउन महानगरले संघीय सरकारसँग माग्यो अनुमति

    २८ भदौ काठमाडौं — काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुस्तरीय (मल्टी स्टोरी) पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ।

    images

    काठमाडौंको बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले महानगरले यस्तो प्रस्ताव अघि बढाएको हो।

    images
    images
    images

    आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनमा पार्किङ संरचना निर्माणका लागि संघीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।

    उनका अनुसार एनएसी भवनमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा न्युरोडलगायत काठमाडौंको कोर एरियामा देखिएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्नेछ।

    महानगरले नयाँ ठाउँ खोज्नुभन्दा उपलब्ध स्थानको उचित सदुपयोगलाई प्राथमिकता दिएको छ। पार्किङ समस्या र यसको दिगो व्यवस्थापनबारे विज्ञमार्फत विस्तृत अध्ययनसमेत भइरहेको डंगोलले बताइन्।विज्ञहरूको अध्ययन प्रतिवेदन प्राप्त भएपछि त्यसका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित र प्रणालीगत बनाउँदै अघि बढ्ने महानगरको तयारी छ।

    प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १३:४४:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको