Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढी प्रभावित क्षेत्रमा वाईसीएलका ६ सय स्वयंसेवक, राहतसँगै अस्थायी आवास निर्माण

बाढी प्रभावित क्षेत्रमा वाईसीएलका ६ सय स्वयंसेवक, राहतसँगै अस्थायी आवास निर्माण

जोईन खबर

२८, भाद्र २०८३
  • 565
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा वाईसीएलका ६ सय स्वयंसेवक, राहतसँगै अस्थायी आवास निर्माण

    २८ भदौ काठमाडौं । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा वाईसीएल नेपालले करिब ६ सय स्वयंसेवक नियमित परिचालन गरी उद्धार, राहत, सरसफाइ र अस्थायी आवास निर्माणलाई निरन्तरता दिएको छ।

    images

    वाईसीएलका स्वयंसेवकले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरणसँगै प्रभावित परिवारको गास, बास र अन्य आवश्यकतामा सहयोग गरिरहेका छन्। वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीका अनुसार कठिन भूगोल र प्रतिकूल मौसमका बीच वैकल्पिक सडक प्रयोग गरी रसुवामा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याडलगायत अति आवश्यक सामग्री पुर्‍याइएको छ।

    images
    images
    images

    त्यस्तै, सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन भूगोल हुँदै नुवाकोटको विदुर नगरपालिका–७, ८ र ९ का प्रभावित क्षेत्रमा सिरक, डसना, तन्ना, औषधि, स्टेशनरी, खाद्यान्न, म्याट्रेस, चप्पल तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरिएको ओलीले बताए।राहत वितरणसँगै वाईसीएलले धादिङ र नुवाकोटका बाढी प्रभावित घरमा जमेको माटो–लेदो तथा फोहोर पन्छाउने सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ।

    स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै अस्थायी आवास निर्माणसमेत सुरु गरिएको ओलीले जानकारी दिए। पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठुलो खोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने तयारी छ।

    बाढीपछि कतिपय परिवारको घर अझै सरसफाइ हुन नसकेको र बसोबासको टुंगो लाग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माण अघि बढाइएको वाईसीएलले जनाएको छ।

    ओलीका अनुसार बाढीपीडितलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराउने काम पनि जारी छ। सीमित स्रोत–साधन र ग्यास अभावलगायत चुनौतीका बीच संगठनात्मक जनसम्पर्क तथा सहयोगी दाताहरूको सहयोगमा अभियान सञ्चालन भइरहेको उनले बताए।वाईसीएलले मातृ पार्टी संयोजक प्रचण्डको निर्देशन र प्रभावित क्षेत्रको स्थानीय आवश्यकताअनुसार उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

    प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १४:०२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको