Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

जोईन खबर

२८, भाद्र २०८३
  • 427
    SHARES
  • पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

    २८ भदौ काठमाडौँ ।  गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    images

    बडडाँडाबाट ठाँटीपोखरीतर्फ आउँदै गरेको ग ३ प्र ००१ ह ०२१० नम्बरको अटो आज बिहान करिब ९ः२० बजे सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

    images
    images
    images

    दुर्घटनामा पालुङटार–४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ, २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार–५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएका छन्।

    घाइते चारै जनाको स्थानीय मेडिकल ठाँटीपोखरीमा सामान्य उपचारपछि थप उपचारका लागि आँपपिपल अस्पताल, हर्मी पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि अटो चालक पालुङटार–४ का ३३ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १६:५०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको