Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१० दिनमै खुल्यो कृष्णभिर सडक, ग्यास बुलेट र ट्रक सञ्चालनमा

१० दिनमै खुल्यो कृष्णभिर सडक, ग्यास बुलेट र ट्रक सञ्चालनमा

जोईन खबर

२८, भाद्र २०८३
  • 412
    SHARES
  • १० दिनमै खुल्यो कृष्णभिर सडक, ग्यास बुलेट र ट्रक सञ्चालनमा

    २८ भदौ काठमाडौँ । त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक मर्मत सुरु गरेको १० दिनमै सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माण गरी आजदेखि ग्यास बुलेट र केही ट्रकलाई कृष्णभिर कटाइएको हो।

    images

    गत भदौ १४ गते आएको त्रिशूली बाढीले कृष्णभिरको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो। त्यसपछि भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी वैकल्पिक नयाँ ट्र्याक निर्माण थालिएको थियो।

    images
    images
    images

    मर्मत तथा ट्र्याक निर्माण सुरु गरेको १०औँ दिनमा नयाँ सडकबाट आज अपराह्न ग्यास बोकेका बुलेट तथा केही ट्रकलाई आवतजावत गराइएको हो। ग्यास बुलेट नयाँ ट्र्याक हुँदै अघि बढाउने क्रममा सुरक्षाका लागि नेपाली सेनाको टोलीसमेत कृष्णभिर पुगेको थियो।

    यसैबीच धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि आज कृष्णभिर पुगेर सडकको अवस्थाबारे स्थलगत अवलोकन गरेको छ।तत्कालका लागि कृष्णभिर सडकखण्डमा ग्यास बुलेट र ट्रकलाई मात्र सञ्चालन गर्न दिइने जनाइएको छ। सडकको अवस्था थप सुधार भएपछि अन्य सवारीसाधनलाई समेत नियमित रूपमा सञ्चालन गर्ने तयारी छ।

    कृष्णभिर सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै काठमाडौंलगायतका क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १७:४३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको