Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पोल्यान्ड सीमा नजिकै यात्रुवाहक रेलमा रुसी ड्रोन आक्रमण, केहीबेरअघि मात्रै गुज्रिएको थियो बोरिस जोनसनसहितको रेल

पोल्यान्ड सीमा नजिकै यात्रुवाहक रेलमा रुसी ड्रोन आक्रमण, केहीबेरअघि मात्रै गुज्रिएको थियो बोरिस जोनसनसहितको रेल

जोईन खबर

२९, भाद्र २०८३
  • 277
    SHARES
  • पोल्यान्ड सीमा नजिकै यात्रुवाहक रेलमा रुसी ड्रोन आक्रमण, केहीबेरअघि मात्रै गुज्रिएको थियो बोरिस जोनसनसहितको रेल


    २९ भदौ काठमाडौं — युक्रेनको पोल्यान्ड सीमा नजिकै यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा रहेको याहोदिन क्षेत्रमा भएको आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन।

    images

    बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका शीर्ष सुरक्षा अधिकारीहरू सवार अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै सोही रेलमार्ग भएर गुज्रिएको थियो। जोनसनसँगै बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत विभिन्न युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उक्त रेलमा थिए।

    images
    images
    images

    उनीहरू युक्रेनको राजधानी किभमा आयोजित एक सम्मेलनमा सहभागी भएर फर्किरहेका थिए।

    रुसले पनि आक्रमणको पुष्टि गर्दै पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ। तर, युक्रेनको सरकारी रेलवे कम्पनीले भने ड्रोनको वास्तविक निशाना कूटनीतिज्ञहरू सवार रेल हुन सक्ने आशङ्का व्यक्त गरेको छ।

    रेलवे कम्पनीका अनुसार, रुसी हवाई आक्रमणको निरन्तर जोखिमलाई ध्यानमा राख्दै कूटनीतिज्ञहरू सवार रेलको समयतालिका परिवर्तन गरिएको थियो। समय हेरफेर गरिएका कारण उक्त रेल निर्धारित समयभन्दा केही अगावै स्टेसनबाट छुटेको थियो।

    आक्रमणमा परेको रेलका यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि मात्रै आदेश दिइएको रेलवे कम्पनीले जनाएको छ। यात्रुहरूलाई बाहिर निकालिएलगत्तै रुसी जेट–प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई निशाना बनाएको बताइएको छ।

    घटनापछि युक्रेनी अधिकारीहरूले आक्रमणको उद्देश्य र ड्रोनको लक्षित वस्तुबारे थप अनुसन्धान गरिरहेका छन्।

    प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १०:४३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको