२९ बैशाख काठमाडौ।२६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ।नेपालगन्जतर्फ आउँदै गरेको भे.१त ६८०६ नम्बरको ट्रयाक्टरभित्र लुकाएर ल्याउँदै गर्दा २६ थान सालको चिरान (फ्रेम)सहित काठ बोकेको ट्रयाक्टर सशस्त्र प्रहरी बल गंगापुरले नियन्त्रणमा लिएको हो।
नरैनापुर– ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगन्जतर्फ ल्याउने क्रममा नरैनापुर गाउँपालिका– ६ जमुनीबाट अवैध काठ बरामद भएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डिएसपी लक्ष्मण थापाले बताए।बरामद भएको काठ र ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको उनले जानकारी दिए। ट्रयाक्टरमा रहेको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने उनले बताए।