Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सुरुङमा १० दिन फसेर उद्धार भएका सञ्जय घर पुग्दा गाउँमा खुसीयाली

सुरुङमा १० दिन फसेर उद्धार भएका सञ्जय घर पुग्दा गाउँमा खुसीयाली

जोईन खबर

२९, भाद्र २०८३
  • 379
    SHARES
  • सुरुङमा १० दिन फसेर उद्धार भएका सञ्जय घर पुग्दा गाउँमा खुसीयाली

    २९ भदौ काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि १० दिनसम्म सुरुङभित्र फसेर नेपाली सेनाबाट उद्धार गरिएका प्राविधिक सञ्जय साह घर फर्किएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खुसीयाली छाएको छ।

    images

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेका ३० वर्षीय साहलाई नेपाली सेनाको उद्धार टोलीले सकुशल बाहिर निकालेको थियो। उद्धारपछि अस्पतालमा उपचार गरिएका साह स्वास्थ्यमा सुधार आएपछि आइतबार आफ्नो घर पुगेका हुन्।

    images
    images
    images

    साह घर फर्किएपछि परिवार र गाउँलेले केक काटेर तथा मिठाई बाँडेर स्वागत गरेका छन्। लामो समयसम्म उनी सम्पर्कविहीन भएपछि परिवारले उनको सकुशल उद्धार हुने आशा लगभग गुमाइसकेको थियो। तर, १० दिनपछि उद्धार भएको खबर पाएपछि परिवारले घटनालाई ‘भगवानको चमत्कार’को रूपमा लिएको बताएका छन्।

    साहका अनुसार सुरुङभित्र रहँदा उनले खाना बिना अँध्यारोमा बस्नुपरेको थियो। बाँच्नका लागि उनले सुरुङभित्रको धमिलो पानी पिउँदै दिन बिताएका थिए।उद्धार टोलीले प्रयोग गरेको मेसिनको आवाज सुनेपछि भने आफूमा पुनः बाँच्ने आशा जागेको साहले बताएका छन्। लामो संघर्षपछि सकुशल घर फर्किएका साहलाई भेट्न आफन्त तथा गाउँलेको घरमा भीड लागेको छ।

    प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १४:२०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको