Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कृष्णभिर सडकमा दुवैतर्फ सवारी सञ्चालन, नयाँ ट्र्याकबाट यातायात सहज

कृष्णभिर सडकमा दुवैतर्फ सवारी सञ्चालन, नयाँ ट्र्याकबाट यातायात सहज

जोईन खबर

१, आश्विन २०८३
  • 274
    SHARES
  • कृष्णभिर सडकमा दुवैतर्फ सवारी सञ्चालन, नयाँ ट्र्याकबाट यातायात सहज

    १ असोज काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडकखण्डमा आज बिहानैदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्। सडक पुनः सञ्चालनमा आएसँगै मालवाहक तथा यात्रुवाहक सवारीसाधन नियमित रूपमा आवतजावत गरिरहेका छन्।

    images

    गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभिरमा सडकको ठूलो हिस्सा भासिएको थियो। सडक भासिएपछि यातायात सञ्चालन प्रभावित बनेको थियो।

    images
    images
    images

    सडक विभागले भासिएको सडकखण्डको विकल्पमा करिब १०० मिटर नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको हो। नयाँ ट्र्याकबाट दुवैतर्फ सवारी सञ्चालन हुन थालेपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज भएको छ।

    बाढीका कारण क्षतिग्रस्त सडकखण्डमा तत्काल यातायात सञ्चालन गर्न सडक विभागले नयाँ ट्र्याक निर्माण गरेको हो। पूर्ण रूपमा सडक पूर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको काम भने आवश्यकताअनुसार अघि बढाइने जनाइएको छ।

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १०:३२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको