Logo

बिहिवार, श्रावण १४ गते २०८३

विज्ञापन नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन) आन्दोलनमा उत्रियो !

विज्ञापन नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन) आन्दोलनमा उत्रियो !

जोईन खबर

२९, बैशाख २०८०
  • 658
    SHARES
  • विज्ञापन नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन) आन्दोलनमा उत्रियो !

    २९ बैशाख काठमाडौ।सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन) आन्दोलनमा उत्रिएको छ । आन विगत तीन दिनदेखि विभिन्न माग राख्दै विज्ञापन बोर्ड अगाडि धर्ना दिइरहेको छ ।

    images

    आनका अध्यक्ष सोमप्रसाद धितालले सरकारी विज्ञापनमा एकद्वार नीति खारेजी, सञ्चारमाध्यमको दररेट कायम हुनुपर्ने, विज्ञापन बोर्ड विज्ञापन बाँड्ने अखडामात्र हुन नहुने, विज्ञापनमा पारदर्शिता हुनुपर्ने, विज्ञापन आचार संहिता लागू गर्नुपर्ने, बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने एजेन्डा उठाएको बताए ।

    धर्नामा ‘विज्ञापन बजार बढाउने नीति लागू गर’, ‘विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन’, ‘विज्ञापन एजेन्सीको हक अधिकार लागू गर’ र ‘विज्ञापन ऐन खारेज गर’ लगायतका प्ले–कार्ड प्रदर्शन गरेका थिए ।कार्यक्रममा विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व नसमेटिएको भन्दै आपत्ति जनाए । 

     
     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १८:१४:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको