Logo

मंगलवार, कार्तिक ११ गते २०८३

जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको छलफलप्रति रास्वपाको असन्तुष्टि

जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको छलफलप्रति रास्वपाको असन्तुष्टि

जोईन खबर

२, आश्विन २०८३
  • 481
    SHARES
  • जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको छलफलप्रति रास्वपाको असन्तुष्टि

    २ असोज काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग गरेको छलफलप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले असन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्री शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया गरेका थिए।

    images

    छलफलमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images
    images
    images

    जेनजी आन्दोलनबाट उदाएकी रास्वपा सांसद बानुले भने जेनजी उमेर समूहका सांसदसँग मात्र छलफल गर्नुको सट्टा सुरुदेखि नै जेनजीका माग तथा मुद्दा उठाउँदै आएका सांसदहरूसँग पनि संवाद गर्नुपर्ने बताएकी छन्।

    उनले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘जेनजीका माग मुद्दा सम्बोधन गर्नका लागि जेनजी उमेर समूहका सांसदहरू चाहिने हो कि पहिलेदेखि नै निरन्तर जेनजीका माग मुद्दा बोकेका सांसदहरूसँग बैठक बस्नुपर्ने हो प्रधानमन्त्रीज्यू रु’

    प्रधानमन्त्री शाहले पछिल्लो छलफलमार्फत युवा पुस्तासँग प्रत्यक्ष सम्बन्धित नीति तथा समसामयिक विषयमा सांसदहरूको सुझाव लिन खोजेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।यसैबीच, बानुको टिप्पणीले प्रधानमन्त्रीको जेनजी सांसदहरूसँगको संवादमा सहभागीको दायरा र जेनजीका मुद्दा उठाउने प्रतिनिधित्वको विषयमा बहस सुरु भएको देखिएको छ।

    प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - १५:५६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको