Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारपाक सुलिकोट गाँउपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भयाे

बारपाक सुलिकोट गाँउपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भयाे

जोईन खबर

२९, बैशाख २०८०
  • 997
    SHARES
  • बारपाक सुलिकोट गाँउपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भयाे

    २९ बैशाख काठमाडौ।बारपाक सुलिकोट गाँउपालिका गोरखाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सम्बन्धी सर्वदलिय बैठक सम्पन्न भएको छ । गाँउपालिकाले चालु आर्थिक बर्षको समिक्षा र आगामी आर्थिक वर्षको बिकास निमार्ण, पूर्वाधार तथा सडक स्तरउन्नतीका विषयमाथी छलफल गरी सर्वदलीय बैठक सम्पन्न गरेको हो ।

    images

    बैठकमा सहभागीहरुले घ्याम्पेसाल ताकु सडकको कामको गुणस्तर बारेमा अनुगमन गरि कारबाही गर्नु पर्ने सुझाब दिएका छन् । गाँउपालिकामा विकास निमार्ण कार्यहरु विगत भन्दा सुधार देखिएको बैठकमा सहभागिहरुले बताएका छन् । बिकास पूर्वधारको अनुगमनका लागी समिति बनाएर मात्रै पैसा निकास गर्ने बैठकले निणर्य गरेको छ ।

    दिर्घकालीन रुपमा प्रभाव पर्ने गरी बजेट विनियोजन गर्न सुझाब दिएको थियो । यस्तै मौलिकता झल्कने गरि पूर्वाधार निमार्ण गरिनु पर्ने, सिमान्तकृत, पिछडिएका समुदायको विधार्थीहरुलाई प्राविधिक शिक्षामा अगाडी बढाउन कार्यक्रम तथा बजेट ल्याउनु पर्ने माग गरेकबा छन् ।बालबालिका, किसान, अपाङ्ग, दलित परिवारमा स्वाथ्यका कार्यक्रम आवश्यक देखिएकाले आर्थिक वर्ष ०८०/८१ मा यसको पनि व्यवस्थापन गरीने गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए । कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई प्रोत्सानको गरि यहि पढ्ने ब्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

    यता गाँउमा आय आर्जनसंग सम्बंधित कार्यक्रम ल्याई स्थानीयलाई गाँउमै बस्न उत्साहित बनाउनु पर्ने देखिएको सहभागीहरुको भनाई छ । सर्वदलिय बैठकमा उठेको विषयहरुको सम्बोधन गरिने बताएको छ । गाँउपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओबादि केन्द्रका प्रतिनिधिहरु सहभागिता रहेको थिए।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १८:३२:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको