Logo

मंगलवार, कार्तिक ११ गते २०८३

देउवा पक्षले भूगोल थापालाई गोरखा संयोजक तोक्यो, जिम्मेवारी दिँदा शीर्ष नेताहरूको उपस्थिति

देउवा पक्षले भूगोल थापालाई गोरखा संयोजक तोक्यो, जिम्मेवारी दिँदा शीर्ष नेताहरूको उपस्थिति

जोईन खबर

४, आश्विन २०८३
  • 514
    SHARES
  • देउवा पक्षले भूगोल थापालाई गोरखा संयोजक तोक्यो, जिम्मेवारी दिँदा शीर्ष नेताहरूको उपस्थिति

    ४ भदौ काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गोरखा जिल्लाको संयोजकमा नेता भूगोल थापालाई जिम्मेवारी दिएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले थापालाई गोरखा जिल्ला संयोजक तोकेको हो।

    images

    कोइरालाले गोरखामा छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने तयारीअनुसार थापालाई वडादेखि जिल्ला तहसम्मका अधिवेशनसम्बन्धी गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिएका हुन्।भूगोल थापालाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको अवसरमा कांग्रेसका वरिष्ठ नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउद, ओम गुरुङ र जगत बरामलगायतको सहभागिता रहेको थियो।

    images
    images
    images

    देउवा पक्षले यसअघि नै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुने र छुट्टै प्रक्रियाबाट अधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। त्यसपछि वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

    यता, कांग्रेसको अर्को समूहले भने असोज ३ र ४ गते वडा अधिवेशन गर्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गते मात्रै ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ, जसमा गोरखा पनि परेको छ।यसरी कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीभित्र दुई छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढेका छन्। शशांक कोइराला नेतृत्वको समूहले असोज १५ गतेदेखि आफ्नो अधिवेशन प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ भने अर्को पक्षले असोज ३ गतेदेखि नै वडा अधिवेशन सुरु गरिसकेको छ।

    गोरखामा पनि यही समानान्तर प्रक्रियाअनुसार गतिविधि अघि बढ्ने देखिएको छ। भूगोल थापालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएसँगै देउवा पक्षले जिल्लामा आफ्नो संगठनात्मक तयारीलाई थप सक्रिय बनाउने संकेत गरेको छ।

    प्रकाशित मिति :आश्विन ४, २०८३ आइतवार - १७:२३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको