५ भदो काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, हुटिफाटस्थित सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालमा पहिलोपटक प्रसूति सेवा सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालमा असोज ३ गते २.६ तौलकी स्वस्थ शिशुको जन्म भएको हो।
अस्पतालमा प्रसूति सेवा सुरु भएसँगै स्थानीय महिलाले सुत्केरी हुन अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध हुन थालेपछि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सहज हुने भएको छ।
अस्पताल प्रशासनले पहिलो प्रसूति सेवा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेको छ। अस्पतालका स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास र समर्पणबाट अस्पतालको सेवायात्रामा महत्वपूर्ण नयाँ अध्याय थपिएको प्रशासनले जनाएको छ।
पहिलोपटक अस्पतालमै प्रसूति सेवा सम्पन्न हुनुलाई स्थानीयस्तरमा स्वास्थ्य सेवा विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रसूति सेवाको सुरुवातसँगै अस्पतालले आगामी दिनमा स्थानीय नागरिकलाई थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।