Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बारपाक सुलिकोट नेपाली कांग्रेस सभापतिमा  घले निर्वाचित

बारपाक सुलिकोट नेपाली कांग्रेस सभापतिमा  घले निर्वाचित

जोईन खबर

८, आश्विन २०८३
  • 379
    SHARES
  • बारपाक सुलिकोट नेपाली कांग्रेस सभापतिमा  घले निर्वाचित

    ८ भदौ काठमाडौँ । नेपाली कांग्रेस बारपाक सुलिकोट गाउँपालिकाको सभापतिमा जितबहादुर घले निर्वाचित भएका छन्। गाउँपालिकास्तरीय अधिवेशनबाट घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।अधिवेशनबाट उपसभापतिमा धर्मप्रसाद भट्ट र दानकुमारी राना निर्वाचित भएका छन्। त्यस्तै सचिवमा राजेन्द्र थापा र सहसचिवमा शिवबहादुर गुरुङ चयन भएका छन्।

    images

    अधिवेशनले २१ सदस्यीय गाउँपालिका कार्यसमिति गठन गरेको छ। कार्यसमिति सदस्यमा सम्पूर्ण गुरुङ, गणेश विक, शारभ गुरुङ, शुभबहादुर गुरुङ, सीता कुमारी आले, फूलबहादुर गुरुङ, सरस्वती गुरुङ, होमबहादुर पनेरू, कमला थापा, जनक थापा, अमृता अंगाई, चन्द्रप्रसाद पनेरू, खिलकुमारी गुरुङ, टेकबहादुर बराम, सुशिल देवकोटा, चुडामणि पाण्डे, सरुना गोतामे दवाडी, अनिल बराम, डेलबहादुर थापामगर र मिनबहादुर नेपाली रहेका छन्।

    images
    images
    images

    नयाँ कार्यसमितिले पार्टीको संगठनलाई गाउँपालिकाका सबै वडासम्म थप व्यवस्थित र सुदृढ बनाउने तथा स्थानीय तहमा कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै बारपाक सुलिकोटमा नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधि र राजनीतिक कार्यक्रमलाई नयाँ कार्यसमितिले अघि बढाउने भएको छ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - ११:५०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको