Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सम्भावित विपद्को पूर्वतयारीमा वाईसिएल, देशभर उच्च सतर्कतामा स्वयंसेवकलाई तयारी अवस्थामा राख्न निर्देशन

सम्भावित विपद्को पूर्वतयारीमा वाईसिएल, देशभर उच्च सतर्कतामा स्वयंसेवकलाई तयारी अवस्थामा राख्न निर्देशन

जोईन खबर

८, आश्विन २०८३
  • 358
    SHARES
  • सम्भावित विपद्को पूर्वतयारीमा वाईसिएल, देशभर उच्च सतर्कतामा स्वयंसेवकलाई तयारी अवस्थामा राख्न निर्देशन

    ८ असोज काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान र कटानलगायतका प्राकृतिक विपद्का घटना बढ्दै गइरहेको भन्दै वाईसिएल नेपालले देशभरका आफ्ना संगठनलाई उच्च सतर्कता अपनाउन विशेष परिपत्र जारी गरेको छ।

    images

    रसुवाको ल्हेन्दे खोला तथा भोटेकोशी क्षेत्रमा हालै भएको विनाशकारी बाढीपहिरोको घटनालाई ध्यानमा राख्दै आगामी दिनमा आउन सक्ने सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि समयमै पूर्वतयारी, प्रभावकारी सूचना सम्प्रेषण र स्वयंसेवक परिचालनमा जोड दिइएको हो।

    images
    images
    images

    वाईसिएल नेपालले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना तथा चेतावनीलाई आधार बनाएर सम्भावित जोखिमको पहिचान गरी आवश्यक तयारी गर्न प्रदेश, जिल्ला, आयोग, विभाग तथा स्थानीय कमिटीलाई निर्देशन दिएको छ।

    विशेष परिपत्रमार्फत नदी तथा खोलाका किनारमा रहेका बस्ती, बाढी तथा डुबानको जोखिमयुक्त क्षेत्र र पहिरोको सम्भावना भएका स्थान पहिचान गरी स्थानीय नागरिकलाई समयमै सचेत गराउन भनिएको छ। त्यसका लागि स्थानीय रेडियो, सामाजिक सञ्जाल, माइकिङ, सूचना पाटी तथा अन्य सञ्चार माध्यमको प्रभावकारी प्रयोग गर्न पनि निर्देशन दिइएको छ।

    त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना र चेतावनी तत्काल नागरिकसम्म पुर्‍याउन भनिएको छ। जोखिम बढेमा जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जान सहजीकरण गर्नसमेत कमिटीहरूलाई निर्देशन दिइएको छ।

    सम्भावित बाढी, पहिरो, डुबान, कटान तथा अन्य विपद्का घटनामा तत्काल परिचालन हुन सक्ने गरी स्वयंसेवक तथा जनशक्तिलाई तयारी अवस्थामा राख्न वाईसिएलले भनेको छ। यसका लागि स्थानीय सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गर्नसमेत निर्देशन दिइएको छ।

     

    WhatsApp Image 2026-09-24 at 8.42.13 PM.jpeg

    विशेष परिपत्रअनुसार प्रत्येक जिल्ला तथा प्रदेशबाट कम्तीमा १४ देखि २० जनासम्म जनशक्तिलाई विपद् प्रतिकार्य, उद्धार तथा आवश्यक सहयोगका लागि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ।

    विपद् आइपरेमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा परिचालित हुन पनि वाईसिएल नेपालले निर्देशन दिएको छ।

    विपद् प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आपत्कालीन सम्पर्क संयन्त्र तथा सूचना आदान–प्रदानको व्यवस्था चुस्त राख्नसमेत भनिएको छ। कुनै विपद् वा जोखिमको अवस्था उत्पन्न भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराई उद्धार, राहत तथा सहयोगका लागि समन्वय र पहल गर्न निर्देशन दिइएको छ।

    वाईसिएल नेपालका महासचिव गणेशबहादुर शाही ‘विद्रोही’ र अध्यक्ष पुष्प ओलीले जारी गरेको विशेष परिपत्रमा विपद्का समयमा जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन संगठनका सबै तहलाई सक्रिय र तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - २२:२२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको