२९ बैशाख काठमाडौं।गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडा निवासी अधिकारी आफैले काटेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएका छन्। रुख काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाइते भईढ बेहोस हुनु भएका अजिरकोट वडा न ३ काफलडाँडा निवासी राजेन्द्र अधिकारीको हेलीकप्टर मार्फत उद्धार गरी उपचारको लागि काठमाडौं लागिएको अजिरकोट गाँउपालिका उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।
टाँउकोमा गम्भीर चोट लागेको छ । गाँउकै अर्को एक जना साथी पनि रुख काट्न जानु भाको रहेछ सोही क्रममा हाँगाले टाँउकोमा लागेर घाइते हुनुभ्एको हो । गाँउपालिकाको पहलमा गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पुराएको कुरा अजिरकोट गाउँपालिका उपाध्यक्ष भुजेलले बताउनु भयो । थप उपचारको विवरण आउन बाकी छ ।