Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अजिरकोट गाँउपालिकामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते : हेलिकप्टर मार्फत उद्धार

अजिरकोट गाँउपालिकामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते : हेलिकप्टर मार्फत उद्धार

मदन नगरकोटी

३०, बैशाख २०८०
  • 763
    SHARES
  • अजिरकोट गाँउपालिकामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते : हेलिकप्टर मार्फत उद्धार

    २९ बैशाख काठमाडौं।गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडा निवासी अधिकारी  आफैले काटेको रुखको हाँगाले लागेर  गम्भीर घाइते भएका छन्। रुख काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाइते भईढ बेहोस हुनु भएका अजिरकोट वडा न ३ काफलडाँडा निवासी राजेन्द्र अधिकारीको हेलीकप्टर मार्फत उद्धार गरी उपचारको लागि काठमाडौं लागिएको  अजिरकोट गाँउपालिका उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।

    images

    टाँउकोमा गम्भीर चोट लागेको छ । गाँउकै अर्को एक जना साथी पनि रुख काट्न जानु भाको रहेछ सोही क्रममा हाँगाले टाँउकोमा लागेर घाइते हुनुभ्एको हो ।  गाँउपालिकाको पहलमा गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पुराएको कुरा अजिरकोट गाउँपालिका उपाध्यक्ष  भुजेलले बताउनु भयो । थप उपचारको विवरण  आउन बाकी छ ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ३०, २०८० शनिवार - ००:४८:३९ बजे

    मदन नगरकोटी

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको