Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखा कांग्रेसको जिल्ला अधिवेशन तयारी बैठक आज काठमाडौंमा, देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गर्ने

गोरखा कांग्रेसको जिल्ला अधिवेशन तयारी बैठक आज काठमाडौंमा, देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गर्ने

जोईन खबर

११, आश्विन २०८३
  • 217
    SHARES
  • गोरखा कांग्रेसको जिल्ला अधिवेशन तयारी बैठक  आज काठमाडौंमा, देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गर्ने

    ११ असोज काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गोरखा जिल्ला अधिवेशनको तयारीका विषयमा काठमाडौंमा बैठक गर्ने भएको छ। देउवा पक्ष गोरखाले काठमाडौंको बनस्थलीमा तयारी बैठक आयोजना गर्न लागेको हो।

    images

    आसन्न जिल्ला अधिवेशन तथा वडा अधिवेशनको तयारीलगायत संगठनका विभिन्न विषयमा बैठकमा छलफल हुने बताइएको छ। देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ।वडा अधिवेशनको तयारी, जिल्ला अधिवेशनको व्यवस्थापन, संगठन विस्तार तथा स्थानीय तहमा पार्टी गतिविधिलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ।यसैबीच, देउवा पक्षले कांग्रेस नेता भूगोल थापालाई गोरखा संयोजकको जिम्मेवारी दिएको छ। थापाको संयोजनमा गोरखामा पार्टीको संगठनात्मक गतिविधि तथा अधिवेशन तयारीलाई अघि बढाउने तयारी गरिएको छ।

    images
    images
    images

    यता, गगन थापा नेतृत्वको नेपाली कांग्रेसले भने असोज ३ र ४ गते नै वडा अधिवेशन सम्पन्न गरिसकेको बताइएको छ। दुई पक्षले फरक–फरक मितिमा वडा अधिवेशनको प्रक्रिया अघि बढाएपछि गोरखा कांग्रेसको अधिवेशन प्रक्रिया थप चासोको विषय बनेको छ। काठमाडौंमा हुने तयारी बैठकले देउवा पक्षको आगामी जिल्ला अधिवेशनको रणनीति, वडा तहको संगठनात्मक तयारी तथा प्रतिनिधि छनोटलगायत विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ।

    गोरखा कांग्रेसमा अधिवेशनलाई लिएर दुवै पक्षले आ–आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाउँदै लगेका छन्। अब हुने वडा अधिवेशन र त्यसपछि जिल्ला अधिवेशनको प्रक्रियाले जिल्लामा कांग्रेसको आन्तरिक संगठनात्मक संरचनालाई थप स्पष्ट पार्ने देखिएको छ।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १०:४४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको