Logo

मंगलवार, कार्तिक ११ गते २०८३

करदाता प्रोत्साहन उपहार : १५ जनाले पाए १–१ लाख, बम्परमा १० लाख

करदाता प्रोत्साहन उपहार : १५ जनाले पाए १–१ लाख, बम्परमा १० लाख

जोईन खबर

१६, आश्विन २०८३
  • 580
    SHARES
  • करदाता प्रोत्साहन उपहार : १५ जनाले पाए १–१ लाख, बम्परमा १० लाख

    १६ असोज काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले शुक्रबार एक कार्यक्रम आयोजना गरी पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र बम्पर उपहारतर्फ एक जना गरी १६ जना विजेता घोषणा गरेको हो ।

    images

    विभागका अनुसार १५ जना विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

    images
    images
    images

    बम्पर उपहारअन्तर्गत नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहक विजेता बनेका छन् । विभागका अनुसार कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन् ।

    करदातालाई कर तिर्न प्रोत्साहित गर्ने तथा विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको हो ।

    कार्यक्रमअन्तर्गत विभिन्न अवधिमा करदाताले प्राप्त गर्ने कुपनका आधारमा पुरस्कार प्रदान गरिने विभागले जनाएको छ । यसबाट करदातालाई करसम्बन्धी दायित्व पूरा गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - १५:३७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको