Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको उपस्थिति, ओली नजाने

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको उपस्थिति, ओली नजाने

जोईन खबर

१८, आश्विन २०८३
  • 337
    SHARES
  • कांग्रेस महाधिवेशनमा शीर्ष नेताको उपस्थिति, ओली नजाने


    १८ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। कांग्रेसले उद्घाटन समारोहमा सहभागिताका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। तर, निमन्त्रणा गरिएका सबै दलका शीर्ष नेताहरू भने स्वयं सहभागी नहुने भएका छन्।

    images

    उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वयं सहभागी हुने तयारी छ। रास्वपा प्रवक्ता जगदिश खरेलका अनुसार अहिलेसम्म सभापति लामिछाने नै कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। ओलीको सट्टा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने र शुभकामना मन्तव्य दिने भएका छन्। ओली बुवाको निधनपछि शोकमा रहेकाले महाधिवेशनमा सहभागी हुन नसक्ने उनको सचिवालयले जनाएको छ।

    यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रचण्डले नै समारोहलाई सम्बोधन गर्ने तयारी रहेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनको दैनिक कार्यतालिकामै कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम राखिएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। गृहजिल्ला झापामा रहेका लिङ्देन आजै काठमाडौं आउने र कांग्रेस महाधिवेशनमा सहभागी हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

    यता जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। अध्यक्ष यादवले आफ्नो सट्टा सहअध्यक्ष शरतसिंह भण्डारीलाई समारोहमा सहभागी हुन भनेको उनको सचिवालयले जनाएको छ।

    कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको छ। उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटनपछि बन्दसत्र तथा नेतृत्व चयनका कार्यक्रम अघि बढ्नेछन्।

    प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:५५:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको