सरकारले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने भएको छ । विदेशबाट आउने यात्रुले ल्याउने फोनमा सहजिकरण गरेपछि नियामक दूरसञ्चार प्राधिकरणले भोलि अर्थात झन्डै दुई बर्ष ढिलो गरी नेपालको मोबाइल बजारलाई नियामन गर्न यो प्रणाली पूर्णरुपमा लागु हुने भएको छ । गत पुस १५ गतेदेखि नै एमडिएमएस लागु गर्ने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्तक्षेपका कारण पाँच महिना रोकियो ।
एमडिएमएस रोकिएको पाँच महिनापछि अर्थमन्त्रालयले विदेशबाट आउने यात्रुको लागि दुई ओटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था नियमावली मार्फत सम्बोधन गरेपछि एमडिएमएस कार्यान्वयनको लागि बाटो खुलेको थियो । कोभिड लगायतका विभिन्न बाहाना पार्दै यो प्रणाली सञ्चालनमा ढिलाइ गरेको प्रधिकरणले भोलिदेखि पूर्णरुपमा एमडिएमएस प्रणाली लागु गर्ने छ ।