Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण

सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण

जोईन खबर

२५, आश्विन २०८३
  • 421
    SHARES
  • सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण

    २५ असोज गोरखा । गोरखा बारपाक सुलिकोट गाउँपालिकाको हुडीफाटस्थित सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालको अनुगमन तथा निरीक्षण गरिएको छ।बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टको उपस्थितिमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित स्वास्थ्य निकायका उच्च पदस्थ अधिकारीहरूले अस्पतालको अनुगमन तथा निरीक्षण गरेका हुन्।

    images

    अनुगमन टोलीमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सुरज गुरौ, प्रादेशिक जनस्वास्थ्य केन्द्रका प्रमुख डा। मधुरजि ढकाल, मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर शर्मा, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का इन्जिनियर विरोध कट्टेल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत सीता कोइराला तथा ल्याब टेक्निसियन निरीक्षक नारायणबाबु अर्याल सहभागी थिए।

    images
    images
    images

    अनुगमनका क्रममा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तरलगायतका विषयमा निरीक्षण गरिएको जनाइएको छ। अस्पतालको समग्र अवस्था र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न अनुगमनले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, व्यवस्थापनमा सुधार ल्याउने तथा स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस प्रकारको अनुगमनले आगामी दिनमा अस्पतालको सेवा सुधारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - १०:३९:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको