Logo

बिहिवार, श्रावण १४ गते २०८३

मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन लामाे खडेरीका कारण बढ्न सकेन !

मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन लामाे खडेरीका कारण बढ्न सकेन !

जोईन खबर

३१, बैशाख २०८०
  • 586
    SHARES
  • मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन  लामाे खडेरीका कारण बढ्न सकेन !

    ३१ बैशाख काठमाडौ। आँबुखैरेनी ४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न सकेको छैन ।  लामो समयसम्म खडेरी भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।

    images

    यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समयसम्म भएकोले नदीमा पानीको वहाब कम भएकाले उत्पादन बढ्न सकेको केन्द्रका प्रमुख बद्री फुँयालले भन्नुभयो । धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन बढ्न नसकेको केन्द्र प्रमुख फुँयालले जानकारी दिनुभयो ।

    पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यता हुन्छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

     
     

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १४:२७:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको