Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन : प्रेस संयोजक दाहाल

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन : प्रेस संयोजक दाहाल

जोईन खबर

१४, कार्तिक २०८३
  • 166
    SHARES
  • पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन : प्रेस संयोजक दाहाल

    १३ कार्तिक काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ।

    images

    प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालले पत्रकार पक्राउ परेको घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन्।

    images
    images
    images

    दाहालका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। साथै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्नसमेत प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिएको उनले जानकारी दिएकी छन्।

    पत्रकार पक्राउ तथा सञ्चारमाध्यमको समाचार कक्षमा भएको धरपकडको विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले आफ्नो धारणा सार्वजनिक गर्दै घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो।

    प्रधानमन्त्रीको सचिवालयले पत्रकारको पक्राउ र समाचार कक्षमा भएको प्रहरी प्रवेशबारे पूर्वजानकारी नभएको जनाउँदै घटनाबारे जानकारी पाएलगत्तै पत्रकारको रिहाइ र सञ्चारमाध्यममा धरपकड रोक्न निर्देशन दिइएको जनाएको छ।

    यस घटनाले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको सुरक्षा तथा पत्रकारको निर्बाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकारबारे पुनः बहस सिर्जना गरेको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - २०:५८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको