३१ बैशाख काठमाडौ। दुई गैँडाका बच्चा केटोलाई जङ्गलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामि ताल क्षेत्रमा छोडिएको हो।निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामकाती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।
श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो ।पुष्पा र अञ्जलीलाई यति बेला प्राकृतिक रूपमा घाँस खोजेर खान सक्ने भएका छन् ।

