Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौको बुढानीलकण्ठ बाट एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौको बुढानीलकण्ठ बाट एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

जोईन खबर

३१, बैशाख २०८०
  • 679
    SHARES
  • काठमाडौको बुढानीलकण्ठ बाट एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
    ३१ वैशाख काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
    उनी जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारीगरेपछि प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए।उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालिन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालिन सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन् ।

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - २१:१६:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको