१ जेठ काठमाडौं ।सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्डमा धर्ना जारी राखेको छ । २७ वैशाखमा शृंखलाबद्ध आन्दोलन घोषणा गरेको आनले बोर्डमा धर्ना दिँदै आएको हो ।
विरोेधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डको गलत क्रियाकलापका लागि आन्दोलन सुरु गरेको बताएका थिए ।आइतबार पनि बोर्डमा धर्ना जारी राखेको आनले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री , गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थिए ।