१ जेठ काठमाडौ।कनेक्ट आईपीएसको रिफर अ फ्रेण्ड अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत २०८०, जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म "Referrer" ले २५ रूपैयाँ आफ्नो बैंक खतामा र "Referee" रु. २५को मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् ।
Referrerले आफ्नो 'Referral Code' सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र Refereeले उक्त लिंक क्लिक गरीवा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।
कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।