१ जेठ काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचार काण्डहरुको बेलिविस्तार लाउँदै ती सबै काण्ड छानविन गर्न पार्टी, पंक्ती, दल भन्दा माथि उठेर कानुन बनाउन सबै दललाईराष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले चुनौती दिएका छन्।
उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने, ‘सुडान काण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेस्थ, एनसेल, चमेलिया, अमेरिकाबाट आएको ४० करोडको स्रोत नभएको काण्ड, बुढीगण्डकी काण्ड, सिसिटिभी फुटेज काण्ड, वाइडबडी काण्ड, ३३ किलो सुन काण्ड, फोरजी, न्यारोबडी काण्ड, महराको टेप काण्ड, लडाकु काण्ड, बुढीगण्डकी काण्ड, ललितानिवास काण्ड, २५ मेघावाटको सोलार काण्ड, सिसिटिभी काण्ड यी सबै छानविन गर्न तयार हुनुहुन्छ।
सांसद शाहीले भने, ‘कुरोले ठिक्क कामले दिक्क भएको छ यो सांसद। भ्रष्टाचारलाई निर्मूल पार्नका लागि म्याद हदबन्दी भनिएको छ। पाँच बर्ष मात्र छानविन गर्न पाउने भनेर यही सदनबाट मस्यौदा गएको छ।
संसदभित्र भएका व्यक्तिहरुको नाम भ्रष्टाचारमा जोडिएको छ। आफ्नो नजोडिएपनि आसेपासेको नाम जोडिएको छ। त्यसैले भ्रष्टाचारको कानून बनाउने उत्तम थलो नै सदन हो र यहीबाट कानुन बनाउनुपर्छ।