१जेठ काठमाडौ।अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीका विषयमा सरकारको धारणा स्पष्ट रहेको बताएका छन् ।२०२३अन्तर्गतको दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य निर्माणको तयारीमा जुटिरहेको बेला यस्तो बताउँदै उनले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा सरकार अलमलमा नरहेको पनि दाबी गरे ।सरकार अलमलमा छैन । तर अप्ठेरा छन् । स्रोतको सीमितता छ । यस कारण तत्कालै प्रतिफल प्राप्त गर्न सकिएको छैन । यद्यपि उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्ने काम भइरहेको छ ।

