Logo

बिहिवार, श्रावण १४ गते २०८३

पाँच जना सैनिकसहित १० जनाले सगरमाथाको आरोहण

पाँच जना सैनिकसहित १० जनाले सगरमाथाको आरोहण

जोईन खबर

१, जेठ २०८०
  • 619
    SHARES
  • पाँच जना सैनिकसहित १० जनाले सगरमाथाको आरोहण

    १जेठ काठमाडौ।नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

    images

    किशोर अधिकारी, सहसेनानी विष्णु बल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु सोमबार बिहान १०:०५ बजे सगरमाथाको चुचुरोमा पुगेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका हुन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

    उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १८:०१:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको