१जेठ काठमाडौ।संघीयता जोखिममा पर्ने अवस्था देखिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए ।
उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।