Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखाबाट गर्भवती महिला लिएर चितवन गएको एम्बुलेन्स रामनगरमा दुर्घटनामा !

गोरखाबाट गर्भवती महिला लिएर चितवन गएको एम्बुलेन्स रामनगरमा दुर्घटनामा !

जोईन खबर

२, जेठ २०८०
  • 688
    SHARES
  • गोरखाबाट गर्भवती महिला लिएर  चितवन गएको  एम्बुलेन्स  रामनगरमा दुर्घटनामा !

    २ जेठ काठमाडौ।गोरखाबाट गर्भवती महिला लिएर चितवन गएको  एम्बुलेन्स रामनगरमा गएराती दुर्घटनामा परेको छ । दुर्घटनामा परी सुत्केरीको अवस्था गम्भीर भएको चितवन प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुका अनुसार गोरखाबाट चितवनको लागि गएको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स आज बिहान १ः४० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी गोरखा नगरपालिका–६ निवासी बर्ष २८ कि श्रृजना गौतम गम्भिर घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    images

     एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नम्बर को ट्रकमा ठोकिन पुगेको थियो । गम्भरि घाईते भएकी श्रृजनाको अनुहार र खुट्टामा चोट लागेको छ ।

    नयाँ मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सहित अन्य ३ जना सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक बारपाकसुलिकोट गाउँपालिका–६  ५४ बर्षिय एकबहादुर सुनार गोरखा नगरपालिका–६ बस्ने बर्ष ३५ को सुदिप गौतम श्रृजनाका श्रीमान र गोरखा नगरपालिका–६ बस्ने बर्ष ४८ कि मिना कोईराला सामान्य घाईते भएका छन् ।

     

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १५:४१:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको