Logo

बिहिवार, श्रावण १४ गते २०८३

भुटानी शरणार्थी प्रकरण सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ

भुटानी शरणार्थी प्रकरण सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

२, जेठ २०८०
  • 598
    SHARES
  • भुटानी शरणार्थी प्रकरण सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    २ जेठ काठमाडौ।  समृद्धि यात्राको मुख्य बाधकका रूपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भीकतापूर्वक अघि बढेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    images

    नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासामा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे ।नक्कली भुटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उनले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए ।

    उपप्रधानमन्त्री श्रेष्ठले भने संसद्मा सांसदले बाहिर नागरिक समाज र बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता र जनसमुदायको ठूलो हिस्साले भ्रष्टाचार विरोधी अभियान चलाउनै पर्छ भनी व्यक्त गर्नुभएको विचार र अभियानप्रति आभार व्यक्त गर्छु ।

     

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १६:३४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको