२ जेठ काठमाडौ। होन्डाले नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘एलिभेट’ नामक दिएर नयाँ एसयूभी आगामी जुन ६ तारिखमा सार्वजनिक गर्ने भएको हो ।स्लीम हेडल्याम्प, कालो कलरको अलोय ह्वील, स्पोर्टी बम्पर दिएको छ । यसको साइजको विषयमा पूर्ण जानकारी आएको छैन । लम्बाई ४२०० देखि ४३०० एमएम रहने अनुमान गर्न सकिन्छ ।
इन्टेरियर नदेखाएपनि ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, सिङ्गल प्यान इलेक्ट्रीक शनरुफ यसमा पाउन सकिनेछ ।वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटो, फराकिलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, ६ वटासम्म एयरब्याग, एडिएस फिचर पनि उपलब्ध हुने अनुमान गरिएको छ ।