Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही !

जोईन खबर

२, जेठ २०८०
  • 679
    SHARES
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही  !

    २ जेठ काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ ।

    images

    काठमाडौंको मित्रपार्कस्थित टेक्सास ई मावि परीक्षा केन्द्रमा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ ।

    सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ ।  

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १८:०४:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको