Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन आज नबुझाउने !!

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन आज नबुझाउने !!

जोईन खबर

३, जेठ २०८०
  • 634
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन आज नबुझाउने !!

    ३ जेठ काठमाडौ।नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।

    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय  गरी अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौं, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । 

    प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ ।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १४:४१:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको