३ जेठ काठमाडौ।एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडे रगएका सपना पूरा गर्नुपर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
मुलुक बनाउन बोकेका सपना पूरा गर्न नरेको कार्यक्रममा उनले दुई नेताले छोडेर गएका सपना पूरा गर्नुपर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बताएका छन् ।उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ । मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उनको सपनालाई साकार पार्नुपर्ने बताए ।
अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राखे । उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गरे । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो ।