Logo

बिहिवार, श्रावण १४ गते २०८३

गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख सिडिओ सरुवा !

गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख सिडिओ सरुवा !

जोईन खबर

३, जेठ २०८०
  • 622
    SHARES
  • गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख सिडिओ सरुवा !

    ३ जेठ काठमाडौ।गृह मन्त्रालयले ललितपुर, कास्कीलगायत जिल्लाका सिडिओ फेरिएका छन्। ललितपुरको सिडिओमा सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएको छ।कास्कीमा वासुदेव घिमिरेलाई सिडिओ बनाइएको छ। उनी गृह मन्त्रालयमा कार्यरत थिए।

    images

    धादिङमा सहसचिव बद्रीनाथ गैरे, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मी र अछाममा शिवराम न्यौपानेलाई सिडिओका रूपमा खटाइएको छ।गुल्मीमा यसअघि सागरमणि पाठक कार्यरत रहेकोमा उनलाई तीन महिनामै हटाइएको छ।

    नक्कली शरणार्थी प्रकरणमा उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो।उपसचिव माधवप्रसाद शर्मालाई रुकुम पूर्व र कृष्ण पौडेललाई तेह्रथुमको सिडिओमा खटाइएको छ। सहसचिव झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बताएका छन्।

    saruwa_20211017122348.jpg

     

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १५:३१:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको