Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौंको तारकेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

जोईन खबर

३, जेठ २०८०
  • 613
    SHARES
  • काठमाडौंको तारकेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

    ३ जेठ काठमाडौ।काठमाडौंको तारकेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    images

    बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए। मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो। तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १५:४७:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको