४ जेठ काठमाडौँ।भारत र बंगलादेशसँग जोडिने अन्तर्राष्ट्रिय सडक मार्ग सुधार गर्न ३० करोड अमेरिकी डलरको ऋण स्वीकृत एसियाली विकास बैंक एडीबीले नेपालको यातायात सञ्जाल विस्तार गरेको छ ।पूर्व–पश्चिम जोड्ने यो राजमार्गले दक्षिण एसिया क्षेत्रको क्षेत्रीय आर्थिक गतिविधि बढाउने करिडोरको रुपमा काम गर्नेछ।
एडीबी दक्षिण एसियाका यातायात विज्ञ सीन वाइ चोङले भने, ‘यसले साउथ एसिया सब रिजनल इकोनोमी कर्पोरेसन अन्तर्गत उत्कृष्टपूर्वाधार, सुधारोन्मुख संजाल, सुरक्षित सडक संजालले सीमा व्यापार विस्तारसँगै स्थानीय जनजीवनस्तरमा सुधार ल्याउँछ काँकडभित्तां–लौकहीतर्फको ९५ किलोमीटर सडकखण्ड दुई लेनबाट चार लेनमा विस्तार गरिने जनाइएको छ।
ट्राफिक सिग्नल, सडकपेटी, बत्ती, रोड क्रस, बत्तीसहितको बस स्टपलगायतका पूर्वाधार निर्माण गरिने बताइएको छ।एडीबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इन्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे सात लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ।