४ जेठ काठमाडौँ। संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै पक्षले योगदान गर्नुपर्ने बताएका छन् । बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे बोल्दै संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका हुन् ।
संशोधन विधेयकको मस्यौदामा पीडितको आँखाबाट मात्रै हेरियो भने वा मानव अधिकारकर्मी वा नागरिक समाजको प्रतिनिधिको आँखाबाट मात्रै हेरियो भने वा द्वन्द्वका पक्षहरूको आँखाबाट मात्रै हेरियो भने पूर्णरुपमा सन्तुष्ट हुने ठाउँ नहोला । शान्ति प्रक्रियाका बाँकी कामलाई यथाशीघ्र टुङ्गोमा पुर्याउनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरियो भने,पीडित, मानव अधिकारकर्मी वा नागरिक समाजका प्रतिनिधिको आँखाबाट वा द्वन्द्वका पक्षहरूको आँखाबाट मात्रै हेरियो भने सन्तुष्ट हुने ठाउँ नभए पनि सबै पक्षले अलि–अलि छाड्नुपर्ने बताए ।

